Rashtriya Dainik

सामी परियोजना पश्चिम नवलपरासीको अर्ध वार्षिक समीक्षा बैंकक सुनवलमा सम्पन्न ।।

पुरन अधिकारी ,पश्चिम नवलपरासी

“स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाअौ” भन्ने नारालाई अबलम्बन गर्दै बैदेशिक रोजगारीलाई मर्यादित बनाउन नेपालका उन्नचालिस जिल्लामा संचालित सामी परियोजनाको पश्चिम नवलपरासीको सुनवलमा जिल्ला स्तरीय अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

परासी र सेमरी गरि जिल्लामा दुईवटा आप्रवासी स्रोत केन्द्र स्थापना गरि बैदेशिक रोजगारीलाई मर्यादित बनाउदै अाइरहेको सामी परियोजनामा अर्ध वार्षिक भरि २०४ वटा बैदेशिक रोजगारी सम्बन्धि केश दर्ता भएकोमा ११६ वटा केशको समाधान भएको र विशेष गरि पासपोर्ट र पैसा होल्ड,बिदेशमा काम र तलबमा समस्या , मृत्युु ,बिमारी , विभिन्न समस्याले नेपाल फर्कन चाहने,जेल, सम्पर्क विहिन , भिजिट भिषामा समस्या जस्ता केश अाउने परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले उक्त अर्ध वार्षिक समीक्षा कार्यक्रममा जानकारी गराउनु भयो ।

जिल्लाका ६ वटा पालिका र नगरपालिकाका प्रमुख ,उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत ,लेखा अधिकृत ,सुचना अधिकारी ,रोजगार संयोजकहरु ,सेवा प्रदायक संस्था इन्द्रेणी समाजिक विकास मञ्चका पदाधिकारी ,हेल्भेटास नेपालका जिया उल हक , वित्तीय साक्षरता क्षेत्रिय संयोजक सिध्दि सिवाकोटी ,सिएमसि नेपालका विनय महर्जन ,आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष रामु भुषाल ,सामी परियोजनाका कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको सो अर्ध वार्षिक समीक्षा कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले सामी परियोजना सङ्ग सहकार्य गर्दै नगर र जिल्लामै विधमान बैदेशिक रोजगारीका समस्यालाई केही हदसम्म न्युनिकरण गर्न सफल भएको र अगामी दिनमा समेत यो सम्बन्ध रहिरहनु पर्नेमा जोड दिनु भयो।बर्दघाट नगर उपप्रमुख माया देवि पौडेलले सामी परियोजनाले आप्रवासी स्रोतकेन्द्र ,रिट्रनी स्वयमसेवक ,गहन/सामुदायिक कार्यक्रम ,वित्तीय साक्षरता र मनोपरामर्श कक्षा र मनोपरामर्श सुविधा जस्ता िक्रयाकलाप बाट समाजमा चेतना फैलाइरहेको र यसको परिणाम तथ्याङ्कको रूपमा यसै कार्यक्रमबाट समेत प्रस्ट भएको हुदा अाफु र अाफ्नो नगरपालिका सामी परियोजना प्रति कृतज्ञ रहेको समेत जानकारी गराउनुभयो भने अन्य बोल्ने वक्ताहरुले सामी परियोजना हरेक पालिका र नगरको अाफ्नै परियोजना भएकोले सबैले अपनत्व लिनु पर्ने बताएका थिए।

सामी परियोजना नेपाल सरकार र स्वीस सरकार बिचको दुईपक्षिय परियोजना हो ।श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा यो परियोजना संचालित छ भने यसलाई प्राविधिक पक्षमा हेल्भेटास नेपालले सहयोग गर्दै अाइरहेको छ।पश्चिम नवलपरासीमा यो परियोजना स्थानीय सरकारहरु र सेवा प्रदायक संस्था इन्द्रेणी समाजिक विकास मञ्च मार्फत कार्यन्वयन हुँदै अाइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित