Rashtriya Dainik

मृगौला पिडित बिरामीलाई जन्मदिनको अवसरमा स्वास्थ्यकर्मी तिमिल्सिनाद्वारा आर्थिक सहयोग

उमेश बि.क / नवलपरासी , २२ चैत

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ पन्चनगर निवासी स्वास्थ्यकर्मी बाबुराम तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार मृगौलाका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

तिमिल्सिनाले आफ्नो ४२ औं जन्मदिनको अवसरमा नवलपरासीको सरावल गाउँपालिका-१, सालबासस्थित २४ बर्षिय नगेन्द्र बहादुर थापालाई नगद रु. १० हजार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

बिगत २ बर्षदेखी दुबै मृगौला बिग्रेकोले थापाको आर्थिक अवस्था नाजुक भएकोले थप उपचारमा सहयोग पुर्याउने हेतुले आर्थिक सहयोग गरेको तिमिल्सिनाले बताउनुभयो ।

अाफ्नाे जन्म दिनमा रमाइलो कार्यक्रम गरेर मनाउन भन्दा कुनै यस्तै पीडितहरुलाई सहयोग गरेर मनाउनु हुन समेत उहाँ अाम जनसमुदायलाई आग्रह गर्नु भएको छ ।

साथै अन्य सामाजिक अभियान्ताले पनि सहयोग गर्न चाहेमा पीडितकाे परिवारको खाता नम्बर NMB BANK 0370023097400011 account name Bhima Thapa मा सहयोग गर्न सक्नुहुने बताउदै सहयोगकाे लागि सबैमा अनुरोध समेत गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित