Rashtriya Dainik

मधेसी जनताको मतबाट जितेका मेयर सरावगीलाई एमालेको टिकटबाट जितेर देखाउन सासंद यादवको चुनौती

वीरगंज २२ चैत्र।
सांसद प्रदिप यादवले मेयर सरावगीलाइ एमालेको टिकटबाट
जिताएर‌ देखाउन चुनौती दिएका छन्। एमालेको गुनगान गाउँदै हिँड्नुले मधेशी जनताको मतको अपमान भएको ठहर गर्दै सांसद यादवले जितेरै देखाउन आग्रह गरे ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजय कुमार सरावगीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने सांसद यादवको भनाई छ । तत्कालिन संघिय समाजवादी फोरमबाट मधेशी जनताकै मतबाट मेयर बनेर अहिले एमालेको गुनगान गाउँदै हिँड्नुले मधेशी जनताको मतको अपमान भएको सांसद यादको ठहर छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवले मधेशी दलबाट मधेशी जनताकै मतबाट जितेको मेयर पदमा अहिलेसम्म पनि रहीरहनुले मेयर सरावगीको नैतिकता गुमेको बताए । यात्रा डेलीसँग कुराकानी गर्दै सांसद यादवले भने, ‘यदि हिम्मत छ भने तुरुन्त पदबाट राजीनामा दिएर निर्वाचनमा एमालेको मतबाट जितेर मेयरमा आएर देखाउनु नी । मधेशी जनताकै मतबाट जितेको पदमा अहिलेसम्म बस्ने अनि मधेशविरोधी पार्टीको गुनगान गाउने ?’

कहिलै पनि छलफल नगर्ने अनि पार्टीविपरितका गतिविधि गर्ने र पार्टीभित्रबाट असहयोग भयो भन्दै हिँडेर मतको अवमूल्यन गर्ने व्यक्तिले मेयर पदमा बस्न नहुने सांसद यादवको तर्क छ । यदि एमालेकै गुनगान गाउने हो भने मधेशी जनताको मतबाट जितेको पदबाट राजीनामा दिनुपर्ने यादवको कथन छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित