Rashtriya Dainik

विद्यार्थीहरूलाई टाइफाइड खोप,बिधालय नजानेलाई स्वास्थ्य चौकिमै

खगेन्द्र अबस्थि /कैलाली

टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी एक दिवसीय सरोकारवालाहरु संग अन्तरक्रिया घोडाघोडि नगरपालिका एकको कार्यालयमा सम्पन्न भएको छ ।

सुखड स्वास्थ्य चौकी घोडाघोडिको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप सुरु हुन लागेको स्वास्थ्य चौकी इन्चार्ज बिध्या शाहिले जानकारी दिइन ।

१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका विद्यालय जाने र नजाने करिब ६ हजार ३ सय बालबालिकाहरूलाई यो खोप लगाइने छ । अन्य उमेर समूहमा भन्दा यो समूहका व्यक्तिहरूलाई रोगको संक्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूह रहेको शाहिले जानकारी दिए ।

जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी,प्रअ, शिक्षक तथा पत्रकारको उपस्थितिका बिच यो अन्तक्रिया कार्सयक्रम सम्पन्न भएको हो ।

विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा यो सेवा उपलब्ध हुने स्वास्थ्य चौकी इन्चार्ज बिध्या शाहिले बताइन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित