Rashtriya Dainik

राष्ट्रिय भुमि आयाेग जिल्ला समिति बझाङमा नयाँ पदाधिकारीहरुकाे पदवाहाली तथा स्वागत गरियाे

उत्तमकुमार थापा बझाङ
राष्ट्रिय भुमि आयाेग जिल्ला समिति बझाङकाे नयाँ पदाधिकारीहरुकाे पदवाहाली तथा स्वागत गरिएको छ ।
सरकारले राष्ट्रिय भुमि आयाेग सम्वन्धि काम गर्न जिल्लामा नयाँ समिति पठाएको छ । पछिल्लो समय भाग बण्डाकाे आधारमा बझाङ जिल्ला जसपाकाे भाग परे पछि राष्ट्रिय भुमि आयाेग बझाङकाे अध्यक्षमा मान बहादुर धामी नियुक्त भएको हुन ।
धामी राष्ट्रिय भुमि आयाेगकाे अध्यक्षमा नियुक्त भए सँगै उहाँ सँगै ३ जना महिलाई पनि नियुक्त गरिएको हाे । सुकुम्बासी सम्वन्धि हेर्ने भुमि आयाेगका बझाङ जिल्लामा पदाधिकारी आईसकेका छन । आज सहायक प्रमुख जिल्ला अधिकारी प्रमाेद चन ,डिएफु कर्ण खाती निमित्त जिल्ला समन्वय अधिकारी श्याम खड्का निमित्त मालपोत अधिकृत कृष्ण बहादुर बाेहरा लगाएतकाे टाेलीले एक कार्यक्रमका विच स्वागत सँगै धामीले पदभार ग्रहण गर्नुभएको थियाे ।

आयाेग बझाङका अध्यक्ष धामीले भने, आगामी दिनमा सबै मिलेर अगाडि बढ्नु पर्ने र तपाईंको सल्लाह सुझावकाे अपेक्षा गरेकाे उहाँको भनाइ थियाे । गरिव सुकुम्बासीहरुकाे समस्या समाधान छिट्टै हुने उहाँले दावी गर्नु भएको हाे । धामी जसपाका नेता रहेका छन । राष्ट्रिय भुमि सम्वन्धि आयाेग जिल्ला समन्वय समिति भित्र रहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित