परासी, २२ चैत । रामग्राम नगरपालिकामा टाईफाईड खोप अभियान संचालन हुन लागेको छ । १५ महिना देखि १५ बर्ष मुनीका बालबालिकाहरुलाई एकडोज दिईने उक्त खोप यहि चैत २५ गतेदेखि ३० गतेसम्म संचालन हुन लागेको हो ।
रामग्राम नगरपालिकाद्धारा सोमबार आयोजित पालिका स्तरमा टाइफाइड खोप अभियान संचालन तथा नियमति खोपमा टाइफाइड खोप शुरुवात सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरणमा अभियान बारे जानकारी दिइएको थियो । 
कार्यक्रममा स्वास्थ्य शाखाका सह संयोजक अनिल खडका र स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले टाईफाईड रोगको परिचय, यसका लक्षण र बच्ने उपाय र यसको संक्रामक बारे जानकारी दिदै यस अभियानमा सबैको सहयोगको अपेक्षा समेत गरेका थिए । टाईफाईड रोग व्यवसकको तुल्नामा बालबालिकाहरुमा ११ गुणा बढि संक्रामक हुने र यसबाट ज्यान जाने समेतको खतरा उच्च रहने हुँदा यस खोपमा नगरका सबै बालबालिकाहरुलाई सहभागी गराउन नगरबासीहरुलाई स्वास्थ्य शाखाले यसै संचारमाध्यमबाट आग्रह पनि गरेको छ ।
यहि चैत २५ गतेदेखि संचालन हुने उक्त टाईफाईड खोप नजिक पर्ने विद्यालयहरुमा संचालन गरिने छ । यस खोपकेन्द्रहरुमा अध्ययनरत विद्यार्थीहरु र विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पनि उनका अभिभावकले उक्त खोपकेन्द्रमा ल्याई खोप लगाउन शाखाले आग्रह गरेको हो । यो खोप देशव्यापी रहेकाले यस खोपमा सबै बालबालिकाहरुको सहभागिता रहोस भनि रामग्राम नगरपालिकाले सम्पुर्ण सरोकारवालाहरुमा आग्रह गर्दछ । 
यस अभियानमा छुटेका बालबालिकाहरु पछि खोप नपाउने सक्ने सम्भावना रहेकाले कोईपनि नछुटने गरि सहभागी हुन सबै नगरबासी अभिभावकहरुमा नगरपालिका अपिल गर्दछ । यो खोप अभियान सम्पन्न भएपनि यो खोप पछि नियमित हुने र १५ महिनाको उमेरका बालबालकाहरुलाई नियमित रुपमा प्रदान गरिने सिअहेब अधिकृत बलराम सापकोटाले जानकारी दिनु भयो ।
यो खोप बालबालिकाहरुका लागि निकै मह्त्वपुर्ण रहेकाले आफनो नजिक पर्ने विद्यालयका खोपकेन्द्रमा गई आ–आफनो बालबालिकाहरुलाई खोप लगाउन स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले आग्रह गर्नु भयो । यस अभियानमा सबै वडाका जनप्रतिनिधिहरुले विशेष ध्यान दिई सघाउन आवश्यक रहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आग्रह गर्नु भयो ।
नगर उप प्रमुख रम्भा कुँवरको अध्यक्षता तथा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । यो खोप जिल्लाको ७ वटै पालिकाहरुमा पनि प्रदान गरिदै छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

