Rashtriya Dainik

जिल्ला सभापति अर्जुन पोख्रेलद्वारा दुर्गा मन्दिरको शिलान्यास

पुरन अधिकारी ,पश्चिम नवलपरासी

चैत्र दशैको अागमन सङ्गै सुनवल ४ पाँच घरेमा दुर्गा मन्दिरको शिलान्यास भएको छ।

तुरिया खोलाको छेउमै बसोबास गरेका पाँच घरे गाउँका बासिन्दाहरु खोलाको कटान र वर्षामा अाउने बाढीका कारण त्रासमा रहिरहने हुदा धार्मिक मान्यता अनुरुप देवि देवताको स्थापना र स्मरणले सो प्रकोपबाट बन्चित हुन सक्ने र त्यस क्षेत्रमा सबै जात जातिको बसोबास भएकोले अापसी मेलमिलाप र सहिसुणतालाई दिगो बनाउन समेत उक्त दुर्गा मन्दिरले अहम भुमिका रहने हुदा नवरात्रको अवसरमा मन्दिर शिलान्यास गरिएको नेपाली काङ्ग्रेसका वडा सभापति बालकृष्ण पौडेलले जानकारी गराउनु भयो ।

भगवान सङ्गको अास्था सङ्गै नदि कटान रोक्न अावश्यक तटबन्धनका लागि पहल गर्ने र अाउदै गरेको स्थानीय चुनावमा समेत यस क्षेत्रका बासिन्दाहरुले वडा सङ्गै नगरसम्म काङ्ग्रेसलाई विजय बनाएमा समाजमा विधमान विविध समस्याहरुलाई जरै देखि उन्मुलन गर्न र सहकार्यमा नगर भित्रका विकास निर्माणका कार्य गर्न समेत सहज हुने मन्दिर शिलान्यासको क्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति पोख्रेलले बताउनु भयो ।

उक्त मन्दिर शिलान्यास कार्यक्रममा जिल्ला सदस्य यम लाल पाण्डे ,एवं क्षेत्रिय प्रतिनिधि वडा र नगरका पदाधिकारी सङ्गै नेपाली काङ्ग्रेसका यज्ञ प्रसाद पाण्डे ,कृष्णप्रसाद लामिछाने ,हरि कण्डेल ,लुमाकान्त खनाल ,कुन्ता तिवारी , जय राम बस्याल,रमेश कर्मचार्य ,रमेश लम्साल,अानन्द चापागाईं,बाबुराम सापकोटा ,यदु नाथ चापागाईं,प्रेम कण्डेल लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित