Rashtriya Dainik

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको १९ औ बार्षिक साधारणसभा एवं ९ औ अधिवेश सम्पन्न

रामु भुसाल
पश्चिम नवलपारसीमा अवस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट २ चिसापानीको १९ औ बार्षिक साधारणसभा एवं ९ औ अधिवेश संस्थाको प्राङगण मा सम्पन्न भएको छ । समुहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्र राज वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि वाग्लेले सामुदायिक वन ले नेपालको पहिचान दिएको र त्यस्को श्रेय आम उपभोक्तालाई रहेको बताउदै सो पहिचान कायम राख्न सम्पुर्ण उपभोक्ता हरुले सामुदायिक वनलाई संरुक्षण गर्नुपर्ने बताउनुभयो ।साथै उहाले सामुदायिक वनले आफ्नो आम्दानीको कम्तिमा २५ प्रतिशत वन विकाश र वन संरक्षणमा खर्च गर्नुपर्ने र बाकी रहेको रकमलाई विकास निर्माणका लागी स्थानिय तह संग सहकार्य गरेर महिला सशक्तिकरण , उधम बिकास र गरिबि न्युनिकरण मा खर्च गर्नुपर्ने वन ऐन मा रहेको उल्लेख गर्नुभयो।सो अवसरमा बिशिष्ट अतिथि बर्दघाट न.पा वार्ड नं. २ की वार्ड अध्यक्ष एवं समुहकी सल्लाहकार दया दर्लामी , सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य गिता चौधरी ,सामुदायिक वन उपभोक्ता महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियार , बैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष यज्ञ पाण्डे , निवर्तमान अध्यक्ष एवं समुहका सल्लाहकार चन्द्र बहादुर बुढा , पारिजात सामुदायिक वनका उपाध्यक्ष आनन्द पुरी , समुहका संस्थापक कोषाध्यक्ष लालनाथ घिमिरे , शान्ति ज्योती टोल विकाससंस्थाका अध्यक्ष घनश्याम नेपाली लगायतले मनतव्य राख्नुभएको थियो ।
सो अवसरमा संस्थाको बार्षिक प्रगती प्रतिवेदन समुहका अध्यक्ष होमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो भने समुहको बार्षिक तथा आगामी कार्यनिति प्रतिवेदन सचिव अनिल गुरुङले प्रस्तुत गर्नुभएको थियो , त्यस्तै कोषाध्यक्ष लिला देवी ऐरी रेग्मीले समुहको आर्थिक बर्ष २०७७।७८ को कुल ६७ लाख ३३ हजार ३ सय ८६ रुपैया बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा लेखा समितिको प्रतिवेदन लेखा सदस्य ज्ञानेन्द्र रानाले प्रस्तुत गर्नुभएको थियो भने अनुगमन तथा मुल्यानंकन समितिको प्रतिवेदन समितिका संयोजक लोकेन्द्र बहादुर चन्दले प्रस्तुत गर्नुभएको थियोे ।
सो अवसरमा समुहले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० ओटा सामुदायिक बिध्यालयका आफ्ना उपभोक्ताका गरिब तथा जेहेन्दार १० जना बालबालिकालाई जनही १० हजार नगद शैक्षिक उन्नतीका लागी सहयोग स्वरुप प्रदान गरेको थियो । समुहका उपाध्यक्ष ईन्दु देवी चौधरकिो स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन समुहका सचिव अनिल गुरुङले गर्नुभएको थियो ।
बर्दघाट नगरपालिकाको वार्ड नं. २,३,१२ र १३ सरावल गउपालिकाको वार्ड नं. ५ र ६ र पाल्हिनन्दन गाउपालिकाको वार्ड नंं १ गरी कुल ३३५० घरधुरी आवद्ध रहेको चिसापानी सामुदायिक वनको कुल क्षेत्र फल ४९५.७६ हेक्टर रहेको छ । सो सामुदायिक सामुदायिक वन २०६५ सालमा विधिवत विधान दर्ता भएको हो ।
सम्पन्न अधिवेशनले नया नेतृत्व लागी सर्वसम्मतीको प्रयास भैरहेको समुहका कार्यालय सचिव कमल परियारले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित