Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण गरेको छ ।

किसानहरुलाई कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण हस्तान्तरण गरिएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हो ।

निजि तथा ब्यवसायिक फमकाे लागि उपकरण खरिदमा ५० प्रतिशतमा हस्तान्तरण गरिएको हाे।

ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली एवम् पशुसेवा प्राबिधिक यम अर्यालकाे सहभागीतामा हस्तान्तरण गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित