Rashtriya Dainik

स्थानीय निर्वाचन बहिष्कारको तयारी गर्दै क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति

नवलपरासी २१ चैत्र- मोहन बैद्य किरण नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले स्थानीय निर्वाचन बहिष्कारको तयारी गरेको छ ।
बहिष्कार कार्ययोजना निर्माण गर्दै बैद्य माओवादीले गतिबिधि अगाडि बढाएको हो । एम.सी.सी.पारित गरेर रास्ट्रघात गरेको जनघात र भ्रष्टचार बृद्धि भएको बेला यिनै दलालहरुलाई मतदान गर्दा रास्ट्रघातीहरुको मतियार भइने भएको हुँदा स्थानीय निर्वाचन बहिष्कार गर्ने योजना बनाइएको नगर सेक्रेटरी क्रान्तिले बताउनुभयो ।
त्यस्तै बहिष्कार आन्दोलनलाई जोडेर वडा भेलाहरु समेत तय भएको उहाँले जानकारी दिनुभयो ।
आइतबार भएको नगर भेलामा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार एवं जिल्ला इन्चार्ज संकल्प र प्रदेश सदस्य एवं कार्यबाहक जिल्ला सेक्रेटरी समरले कथित स्थानीय निर्वाचन बहिष्कार आन्दोलनमा बर्दघाट केन्द्र बन्ने उद्घोष गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित