Rashtriya Dainik

राष्ट्रिय खाेप कार्यक्रम टाईफाईड राेग विरुद्धकाे खाेप अभियान तथा नियमित खाेपमा टाईफाईड खाेपकाे पालिका स्तरीय समन्वय समितिकाे अभिमुखिकरण कार्यक्रम सम्पन्न

उत्तमकुमार थापा बझाङ
राष्ट्रिय खाेप कार्यक्रम टाईफाईड राेग विरुद्धकाे खाेप अभियान तथा नियमित खाेपमा टाईफाईड खाेपकाे पालिका स्तरीय समन्वय समितिकाे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जयपृथ्वी नगरपालिकाकाे सभाहलमा राष्ट्रिय खाेप अभिमुखिकरण कार्यक्रम गरिएको हाे ।जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सञ्चालन भएको कार्यक्रममा नगरपालिका मेयर विरेन्द्र बहादुर खड्का उपमेयर जुना जार्गी वडा अध्यक्षहरु सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार सञ्चारक्रर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

स्वास्थ्य सँग सम्वन्धित समृद्धि र विकासका सुचकहरुमा छलफल गरिएको थियाे भने,टाईफाईड खाेप सम्वन्धि जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य नगरपालिका स्वास्थ्य शाखा कर्मचारी रामचन्द्र जाेशीले प्रस्तुतिकरण गर्नु भएको हाे । खाेप बझाङ जिल्ला २५ गते देखि ३० गते सम्म सञ्चालन गर्ने तयारी रहेकाे जाेशीकाे भनाइ छ । उहाँले भन्नू भयाे प्रत्येक स्वास्थ्य शाखा बाट खाेप उपलब्ध गराउन सकिने बताए । नगरपालिकाकाे स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीयकाे स्वास्थ्य परिक्षण देखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाे पाईन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित