चुनाव नजिकै रहेको बर्तमान अवस्थामा स्थानीय तहमा चुनावी माहोल र चासोको बिषय बनेको छ । वृन्दाबन नगरपालिकामा विभिन्न पार्टीबाट आ-आफ्नो मेयर पदका उम्मेदवारहरुको नाम सुन्न थालिएको छ ।
पार्टीले आधिकारिक रूपमा नाम सार्बजनिक नगरेपनि जनस्तरमा निकै लोकप्रियता कमाएको नाम विनोद प्रसाद पटेल हो । वहा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य तथा पुर्व मेयर प्रत्याशी उम्मेदवार हुन ।
वहाले आत्मसात गर्ने संस्कार, संस्कृति, समाजमा प्रवाह गर्ने मूल्यमान्यता र असल आचरणका कारण वहाको छवी सम्माननिय छ । वहा समाजिक विकासकालागी शिक्षा, स्वास्थ्य, गुणस्तरिय बाटोघाटो, कृषि उत्पादन, स्थानिय उत्पादनकालागि बजार व्यवस्थापन साथै सुलभ र प्रभावकारी सेवा प्रवाह गर्नेतिर सदैव कृयासिल तथा तत्पर रहनुहुन्छ । शिक्षाको क्षेत्रमा वहाको निकै सराहनीय योगदान रहेको छ ।
वहाले आफ्नो करोडौंको सम्पत्तिमा शिक्षाको उजागर गर्न हर्षासा चौकमा विधालय स्थापनाको लागि जग्गा दान गरेर आजको दिनमा शिक्षामा पहुँच नभएको परिवारका बालबालिका सहजरूपमा पठनपाठन गर्न पाइरहेको छ ।
वृन्दाबनको विगत पाँच वर्षको राजनितिक अवस्था हेर्दा सबैभन्दा इमान्दार, असल चरित्रका धनी, जमानका पक्का, सत्यवादी, निष्ठावान तथा वोलेको कुरा पुरा गर्ने एक असल राजनीतिज्ञको रूपमा परिचित भएका छन ।
वृन्दाबनमा विभिन्न पार्टीपङ्क्तिका नेताहरु आर्थिक प्रलोभनमा होमिएर लुट माचएको जनताहरूले अनुभूति गरेका छन् र विकास नभएको भन्छन् ।
वृन्दाबनको जनताहरु बिच एक मात्रै कुसल र इमान्दार विकल्प विनोद पटेल रहेको स्थानीय बताउछन । यहाका जनता अनुसार विनोद जी को स्वक्ष छवी छ र वहा विकासप्रेमी नेता हुन् ।
वहा कुनै किसिमको अनैतिक कार्य तथा अन्याय हुन दिँदैनन् । वहा भ्रष्टचार विरोधी र विकासका लागि सदैव कृयासिल इमान्दार नेता हुन् । यहाका जनताले विनोद पटेल लाइ मेयर वनाइ विकास ल्याउने तयारी गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

