महेश सिंह सिरहा लहान १९ चैत – सिरहाको लहान नगरपालिका वाडा नम्बर १९ नैडेगामा बृहत सदज्ञान् संत समेलन सम्पन्न भएको छ्। महत्मा शिव प्रसाद साहेवले आयोजना गरेको बृहत कार्यक्रममा नेपाल भारत लगायतका हजारौं माहत्माहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।
महात्मा शिव प्रसाद साहेव अध्यक्षतामा कार्यक्रम सुरु भएको भने प्रमुख अतिथिमा महात्मा सहदेव साहेव बिशिस्ट अतिथिमा चन्द्र नारायण साहेव,अतिथिहरुमा राम अवतार साहेव,राम प्रसाद साहेव लगायतका हजारौं संत माहत्माहरुको उपस्थिति रहेको थियोे।उक्त कार्यक्रममा भारतका चर्चित धार्मिक प्रवचन वकता आरती कुमारीको विशेष गायन प्रस्तुति रहेको आयोजक समितिका प्रतिनिधि प्रदीप नारायण महतोले जनाए।

समेलनमा प्रवचन सुन्न उल्लेखनीय महिला पुरुषहरूको उपस्थिति रहेको थियो।समेलन दुई दिन सम्म चलनले भएको थियो।बिगत पाँच बर्ष अगाडि पनि सोही स्थानमा भब्य संत समेलन गरेका थिए।समेलन बाट गाउँमा धर्म प्रति निकै लाभान्वित हुँदै गाउँका हजारौं ब्यक्तीहरुले धर्म प्रति लभाम्बित हुँदै एक अर्का प्रति सकारात्मक सन्देशको पाटाे नै रहेको स्थानीय पपु महतोले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

