Rashtriya Dainik

पत्रकारिता बिकासमा संचार संस्थाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम

उर्मिला यादव यात्री
सुनवल
चैत १९
पश्चिम् नवलपरासीको सुस्तामा शनिबार पत्रकारिता बिकासमा संचार संस्थाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासीको अध्यक्ष हरि शर्माको अध्यक्षता तथा सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले पत्रकारहरु संबेदनशील भएर सत्यतथ्य समाचार लेख्नु पर्नेमा जोड दिनु भएको छ । उहाले हरेक क्षेत्रको कमिकमजोरीलाइ यथार्थ रुपमा बुझेर मात्र आफ्नो कलम चलाउनु पर्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष पाण्डेले पत्रकारहरुलाइ एउटा क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा कलम चलाउन आग्रह गर्नु भएको थियो । यस्तैगरी कार्यक्रममा बोल्दै सुस्ता गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले पत्रकारीता विषय आफैमा महत्वपुर्ण विषय भएकोले यसले हरेक क्षेत्रलाइ सहि बाटोमा डोर्याउन महत्त्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । उहाले संचार क्षेत्रमा बढदै गएको जनशक्ति अभावलाइ मध्यनजर गर्दै संचार संस्थाहरुले जनशक्ति बिकासमा ध्यान दिनु पर्ने बताउनु भयो । यस्तैगरी नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासीका पुर्व अध्यक्ष केशव पराजुलीले संचार संस्था संचालनमा धेरै समस्या र चुनौतीहरु भएकोले त्यसलाइ समन्वय गरेर अगाडि बढनु पर्नेमा जोड दिनु भएको थियो भने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि संचारसंस्थालाई तालिमहरु ल्याउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष शर्माले समाचार प्रकाशन, प्रसारणका सम्बन्धमा संचारसंस्थाका संचालकहरुबाट दबाब समेत आउने भएकोले यस्तो नगर्न संचारसंस्थाका संचालकहरुलाइ आग्रह गर्नु भएको थियो । अझै पनि संचारसंस्थामा आबद्ध रहेका श्रमजिबी पत्रकारहरुले न्युनतम पारिश्रमिक अनुसार तलब पाउन नसकेको समेत गुनासो गर्नु भएको थियो ।यस्तैगरि लामो समयदेखि सन्चारसंस्थामा आबद्ध रहनु भएका भरत भुसालले कार्यक्रमको सहजीकरण गर्दै दिगो ब्यवहारिक योजनाले मात्र सन्चार संस्थामा देखिएका समस्या र चुनौतीहरुलाइ निराकरण गर्न सकिने बताउनु भएको थियो । नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासीको आयोजना तथा सुस्ता गाउपालिकाको सहयोगमा भएको कार्यक्रममा जिल्लाका संचार संस्थाहरुको संचालक तथा पत्रकारहरुको सहभागीता रहेकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित