Rashtriya Dainik

बझाङमा मतदान स्थालकाे अनुगमन

उत्तमकुमार थापा बझाङ
आसन्न बैशाख ३० गते निर्वाचन हुने भए पछि बझाङ जिल्लामाका स्थानीय तहमा रहेका मतदान स्थलकाे अनुगमन गरिएको छ ।

स्थानीय तहकाे निर्वाचन हुने भए पछि बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल डिएसपी ज्ञान बहादुर बिष्ट सशस्त्र डिएसपी सुदिप ढाेडारी अनुसन्धान डिएसपी पवन जाेशीकाे सुरक्षा टाेली सुर्मा गाउँपालीका रहेका मतदान स्थलकाे अनुगमन गरेको हाे ।

स्थानीय निर्वाचन मर्यादित र सरलता पुर्वक सम्पन्न गर्नकाे लागि जिल्ला भरिका मतदान स्थलकाे निरिक्षाण सहित अनुगन थालिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । जिल्ला भरिका स्थानलाई राम्रोसँग अध्यान गर्ने र आउदै गरेको निर्वाचन लाई सभ्य तरिकाले सम्पन्न गर्न सबैले सहयाेग गर्नुपर्ने उहाँको भनाइ रहेकाे छ । सुर्मा गाउँपालीकामा रहेका विभिन्न मतदान स्थलकाे निरिक्षण सहित विभिन्न याेजनाकाे अनुगम गरिएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित