पुरन अधिकारी ,पश्चिम नवलपरासी
स्थानीय चुनाव नजिकिदै जादा गाउँ -टोल र वार्ड वार्डहरुमा कार्यकर्ताहरु पनि सक्रिय हुँदै गइरहेका छन।
स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाअौ काङ्ग्रेस जिताअौ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा ,नेपाली काङ्ग्रेस सुनवल वडा नं ४ कार्य समितिले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा कार्यसमितिको कार्यलयको शुभारम्भ गरिएको पार्टीका वडा उपसभापति राम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

वडा सभापति बालकृष्ण पौडेलको अध्यक्षता र निवर्तमान सुनवल नगर प्रमुख भिम बहादुर थापा प्रमुख अतिथि र वडा नं १२ का वडा अध्यक्ष एवं जिल्ला कार्य समिति सदस्य यमलाल पाण्डे विशिष्ट अतिथि रहनुभएको सो वडा कार्यसमितिको कार्यलयको शुभारम्भ कार्यक्रममा नेपाली काङ्ग्रेसका यज्ञ प्रसाद पाण्डे , कृष्ण प्रसाद लामिछाने ,नेत्र प्रसाद भट्टराई ,अानन्द चापागाईं, कुन्ता तिवारी ,धर्म चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

सुनवल ४ लक्ष्मीपथ मा शुभारम्भ गरिएको वडा समितिको कार्यलय परिसरमा वडा समितिका पदाधिकारी ,सक्रिय कार्यकर्ता र काङ्ग्रेसमा अास्था राख्ने वडाका महानुभावहरुको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रममा बोल्ने वक्ताले विपक्ष पार्टीहरुले जस्तो अरु पार्टीहरुको खेदो खन्नुभन्दा काङ्ग्रेसले र हालको गठबन्धन सरकारले गरेको राम्रो कामलाई जनता माझ पुर्याउनु पर्ने बताउदै यस क्षेत्रमा काङ्ग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको र यदि केन्द्र बाटै गठबन्धन मिलेर जाने उर्दी अाएमा यसलाई पनि नकार्न नसकिने बताएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

