Rashtriya Dainik

मौलाना मसहूद र अल्कुफीद्वारा रमजानको शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु चैत्र १९

इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा
नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।

साथै मौलाना मशहूद खां नेपाली ले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित