Rashtriya Dainik

बैद्य माओवादीद्वारा स्थानीय निर्वाचन बहिस्कारका लागि दुई महिने कार्ययोजना

नवलपरासी १२ चैत्र – नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले स्थानीय निर्वाचन बहिस्कार सहितको दुई महिने कार्ययोजना बनाएको जनाएको छ । शनिवार बर्दघाटमा भएको जिल्ला समितिको बैठकले स्थानीय निर्वाचनलाई शसक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । महंगी, भष्ट्रचारी, बेथिति र राष्ट्रघाती एमसीसी सम्झौता भएको बेला प्रतिगामी राज्य व्यवस्थाले घोषणा गरेको कथित निर्वाचनलाई शसक्त रूपमा बहिस्कार गर्ने उहाँले बताउनुभयो ।
त्यस्तैगरी क्रान्तिकारी माओवादी जिल्ला सचिवालय तथा जिल्ला समितिको पुर्ण बैठकले जिम्मेवारी समेत हेरफेर गर्दै जिल्ला सेक्रेटरी चोलाको स्वास्थ्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश सदस्य समरलाई कार्यबहाक जिल्ला सेक्रटरीको जिम्मेवारी दिएको छ ।
बैठकले देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेश भेलाको लागि प्रतिनिधिमा जिल्ला संयोजक चुडामणी भण्डारी र कमल तमुलाई पठाउने निर्णय लिएको कार्यबहाक सेक्रेटरी समरले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुनाव बहिस्कारका लागि पुर्व तयारीस्वरुप चैत्र १८ गते अखिल क्रान्तिकारी , १९ गते क्रान्तिकारी युवा लीगको जिल्ला बैठक र चैत्र २६ गते अखिल नेपाल महिला संघ( क्रान्तिकारी) को जिल्ला भेला तथा चैत्र ३० गते किसान महासंघको जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरिएको छ ।
त्यस्तै चुनाव बहिस्कारको सन्र्दभमा स्थानीय पार्टी कमिटीहरुको बैठक बस्ने तालिका अनुसार बर्दघाट नगर समितिको बैठक चैत्र २० गते बस्ने जिल्ला सचिवालय सदस्य तथा नगर सेक्रेटरी रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित