Rashtriya Dainik

पर्यटन प्रर्वद्धनका लागि सेती नदीमा र्‍याफ्टि सुरु

बझाङमा जिल्लामा पर्यटन प्रवधनका लागि सेती नदीमा र्‍याफ्टिङ कार्यक्रम सुरु गरिएको छ ।
बझाङको पर्यटन प्रवद्र्धनका लागि एक्सपोलोर सुदूरपश्चिम टुुर एण्ड एड्भेन्चरको आयोजना तथा उद्योग वाणिज्य संघ बझाङ र कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चरको समन्वयमा सेती नदीमा र्‍याफ्टिङ शुुरु गरिएको हो ।
एक्सपोलोर सुदूरपश्चिम टुुर एण्ड एड्भेन्चरका सञ्चालक तथा धनगढीका पर्यटन व्यवसायी किशोर खड्काले जिल्ला समन्वय समिति बझाङका प्रमुख खड्कबहादुर खड्का लगायतका स्थानीय जनप्रतिनिधिको उपस्थितीमा शुक्रबार तलकोट गाउँपालिका–१ को तातोपानी कुण्डमा र्‍याफ्टिङ कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रमपछि सेती नदीको तातोपानी कुुण्डदेखि करीब ८ किलोमिटरको दुुरीमा रहेको सदरमुुकाम चैनपुर नजिकैको पानकोट पुुलसम्म र्‍याफ्टिङ गरिएको बताए । सो क्षेत्रमा सेती नदीमा परीक्षणपछि मात्र र्‍याफ्टिङ गरिएको खड्का बताउँछन् ।
‘बझाङ जिल्ला विभिन्न पर्यटकीय गतिविधिको सम्भावना बोकेको जिल्ला हो तर अहिले हामीले जलयात्राको सम्भावनालाई उजागर गर्न र्‍याफ्टिङको शुुरुवात गरेका छौँ,’ खड्काले भने, ‘अब यसलाई व्यवसायिक रुपमा अगाडी बढाउने लक्ष्य राखेका छौँ । टाढा टाढाबाट बझाङ घुम्न आउने जोसुकैले पनि बोटिङको मज्जा लिएर जान सक्नुहुन्छ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित