कपिलवस्तु /१२ मंसिर कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । विजयनगर आरटीओ सडक मगरघट्टमा दुर्घटना भएको हो । विजयनगर गाउँपालिका वडा नं. २ मा बस्ने मोटरसाइकल चालक टेकई पासी र पछाडी सवार मगरघट्टा बस्ने हरिलाल बस्याल घाइते भएको अस्थायी प्रहरी पोष्ट खडैचाका असई धन बहादुर अधिकारीले जानकारी दिनुभयो । मोटरसाइकल चालक पासीको टाउको र मुखमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ भने पछाडी बस्ने बस्यालको दाहिने खुट्टा फ्याक्चर भएको उहाँले बताउनुभयो । घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको बताइएको छ । खडैचाबाट सुन्दरीडाँडातर्फ जाँदै गरेको टिप्पर ना ४ ख १२४ नम्बरले लु १४ प ८६०१ नम्बरको मोटरसाइकललाई ठोकिँदा सो दुर्घटना भएको हो । गाडी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।