काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।
वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री छैनन् । त्यसैले मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।
मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले नै कार्यकारी अधिकारको प्रयोग गर्नेछन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारीगरी कार्यवहाक तोकेको हाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

