Rashtriya Dainik

नवलपरासीको सरावलमा ६५ अाैँ सहकारी दिवसको अवसरमा सहकारी अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी , १८ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ६५ अाैँ सहकारी दिवसको अवसरमा सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा सहकारी शाखा प्रमुख देशकान्त बस्यालकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबार मात्र नगरी कृषि तथा व्यवसाय तर्फ लगानी गरी सदस्यहरुको आय आर्जन गर्ने तर्फ लाग्नु पर्ने कुरामा जोड दिदै सहकारीको माध्यमबाट समग्र सरावललाई समृद्धि बनाउनमा ठूलो सहयोग गरिरहेको बताए ।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले सहकारीकर्मीहरुलाई सुशासित र पारदर्शी भई काम गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , वडा नम्बर १ का वडा अध्यक्ष भेष नरायण चाैधरी लगाएतले अा अाफ्नाे विचार धारणा राख्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित