Rashtriya Dainik

टाइफाइड राेग विरुद्धकाे खाेप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १८ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा टाइफाइड राेग विरुद्धकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे सुरुवात सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण तथा याेजना गाेष्ठी सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा पालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यतामा पालिका स्तरीय अभिमुखिकरण तथा याेजना गाेष्ठी सम्पन्न गरिएको हाे।

कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले टाइफाइड राेग विरुद्धकाे खाेप अभियान सरावल गाउँपालिकामा सन्चालन तयारीमा रहेकोले नजिकैको विद्यालय र समुदायमा सम्पर्कगरी स्वास्थ्य जीवन बाच्न पालिका बासिमा अनुरोध गर्नुभएको हाे।

यहि चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड राेग विरुद्ध खाेप १५ महिना देखि १५ बर्षसम्मकाे बालबालिकालाई लगाइने सरावल स्वास्थ्यशाखा सहसंयाेजक खेम खनालले जानकारी दिनुभएको छ । खाेप लगाउनकाे लागि विद्यार्थीले पढिरहेको सम्बन्धित विद्यालय तथा समुदायमा सम्पर्क गर्नुपर्ने सहसंयाेजक खनालले जानकारी दिनुभएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय , प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली लगााएत वडा अध्यक्ष एवम् विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरुकाे सहभागीता रहेको थियोे ।

कार्यक्रम सहजिकरण सरावल स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित