वीरगञ्ज, १७ चैत
राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त भएका छन् । नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाद्वारा हस्ताक्षरीत नियुक्ति पत्रमार्फत अहमदलाई अध्यक्षमा नियुक्ति गरिएको हो ।
बिहिवार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अहमदलाई अध्यक्षमा नियुक्त गरिएको सचिव थपलियाद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा उल्लेख छ ।
भूमि सम्बन्धी समस्या समाधानका लागि आफु नेतृत्वको समितिले सक्रिय भूमिका निर्वाह गर्ने पनि अध्यक्ष अहमदले यात्राडेलीसँगको संवादमा भने । अध्यक्षमा निर्वाचित भएसँगै बिहिवार नै अहमदले सपत ग्रहणसमेत गरेका छन् । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले सपत ग्रहण गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका सचिवसमेत रहेका अहमद अन्य विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

