बैतडी/ बैतडीमा युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालयमा बिहीबार पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलापत्र गराउँने ४ जना विरुद्ध जाहेरी दर्ता गराएकी हुन्। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउँने विरुद्ध जाहेरी दिएको बताए। जाहेरी दिएलगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना फरार रहेकाले खोजी भइरहेको बताए। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए। तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।