उमेश बि.क / नवलपरासी , १७ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिए ।

सरावल–१ स्थित बसन्त मा. बि. बसन्तपुरलाई एक वटा विद्यालय बस हस्तान्तरण गरिएको उनले बताए । उनले भने, “सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामीले बस सेवा थप गरेका हौँ ।”

शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने पालिका उपाध्यक्ष उत्तमा रायकाे विश्वास रहेको छ ।

पालिकाबाट प्राप्त सहयोगमा बस सेवा सञ्चालन पस्चात विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने विद्यालय शिक्षकहरुले बताउनुभयो ।

यस अघि पनि गाउँपालिकाले सरावल १ खाेखपुरामा अवस्थित अादर्श मा.बि लाई र सरावल २ मा अवस्थित जनता मा.बि मनरीलाई एक एक वटा विद्यालय बस हस्तान्तरण गरिएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

