राजन कुमार बानिया
पर्सा १७ चैत
पर्साको पोखरीयामा बिहीबार दुइ वटा मोटरसाइकल एकआपसमा ठक्कर हुदा २ जनाको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका वडा नं ४ स्थित नहरछेउको सडकडमा बिहान १०.३०बजे विपरित दिशाबाट ना ३ प १०२६ नम्बरको र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर भएको हो । दुर्घटनामा दुवै मोरटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा रहेको टोली घाईतेहरुलाई उदार गरि उपचारको लागि नारायणी अस्पतालमा पठाएको र मृत्कहरुलाई पोस्ट मार्टमको लागी नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको हो । मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका वडा न.३ गुलरीयाका ३५ वर्षिय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका निवासी २९ वर्षिय हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोेबीनी गाउँपालिका वडा न.३ गुलरियाका ३० वर्षिय रोजदिन मियाँ , सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका निवासी रंजित महत्तो र सोही गाउँ बस्ने १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् । घाइते तीन जनालाई वीरगन्ज नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।तिब्र गतिमा रहेका दुवै मोटराइकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

