पुरन अधिकारी,पश्चिम नवलपरासी
नेपाल मगर संघ सुनवलको आयोजना र आप्रवासी परिवार हकहित मञ्च सुनवलको सहकार्य एवं श्रीनगर एग्रो हबको प्रायोजनमा सुनवल -४ घोलाटोलमा पशुपालन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
नेपाल मगर संघ सुनवलका अध्यक्ष मन बहादुर थापा (दिपक) को अध्यक्षतामा सम्पन्न तालिमको प्रमुख अतिथि नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश सदस्य मन बहादुर थापा मगर ,विशिष्ट अतिथि वडा अध्यक्ष विर बहादुर गुरुङ रहनु भएको थियो। नेपाल मगर संघ सुनवलका सचिव भेष बहादुर थापा (विक्की) ले सन्चालन गर्नु भएको तालिम कार्यक्रममा मगर संघका पदाधिकारीहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधि, आप्रवासी परिवार हकहित मञ्च सुनवलका अध्यक्ष युवराज पुन मगर सामी परियोजनाका रिट्रनी स्वयमसेवक एवं पत्रकार पुरन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

सुनवल नगरपालिका वाड नं ४ र १० का गरि करिब सत्तरी पशुपालक कृषकहरुको सहभागिता रहेको सो दुईदिने पशुपालन सम्बन्धी तालिममा गोठ/खोर ब्यवस्थापन,पशुको नश्ल सुधार,पशुमा लाग्ने रोग र उपचार,पशुको मलमुत्र ब्यवस्थापन,पशुलाई प्रोटिन,कार्बोहाइड्ेड र खनिज युक्त दाना निर्माण एवं डाले र भुई घाँसको बारेमा भेटेनरी डाक्टर दिपक सारु मगर र दियालो कृषि सहकारीका अध्यक्ष एवं पशु चिकित्सक बिमल ढकालले सहजिकरण गर्नुभएको थियोे ।
दुई दिने पशु सम्बन्धि तालिमले रोगमुक्त हुने गरि व्यवस्थित तरिकाले कम लागतमै पशुपालन गर्दै ब्यवसायिक पशु कृषक बन्न सहयोग गर्ने तालिममा सहभागी कृषकहरूको धारणा रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

