ज्ञानेश्वर साहनी / नवलपरासी/१६ चैत ।
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाद्वारा ७ अति विपन्न परिवारलाई एक कार्यक्रम बीच आवास हस्तान्तरण गरिएको छ।
रामग्राम नगरपालिकाको वडा नं १८ धर्मपुरमा तराई–मधेश समृद्ध कार्यक्रम अन्तर्गत र रामग्राम नगरपालिकाको संयुक्त लगानी निमार्ण गरिएको ८ वटा सामूहिक आवास भवन भूमिहीन अति विपन्न वर्गका ८ परिवारलाई हस्तान्तरण सहित नगर प्रमुख नरेन्द्र कुमार गुप्ताद्वारा उद्धघाटन गरिएको छ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं. १८ मा एउटै आँगनमा अति विपन्न र भूमिहीन परिवारका लागि सामूहिक आवास भवन निर्माण गरिएको हो ।
उक्त आवास भवनको एक कार्यक्रमको बिच रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले अति विपन्न र भूमिहीन परिवारहरूले फुसको छाना मुनिका बस्दै आएकोले बर्षातको समयमा पानी चुहिने देखेर त्यसको समस्या समाधानको निम्ति र नागरिकलाई सुरक्षित बासाको व्यवस्था गर्ने उद्देश्यले उक्त भवन निर्माण गरिएको बताए । उनले अति विपन्न र भूमिहीन परिवारको लागि नेपाल सरकारले तराई मधेश समृद्ध र सामूहिक आवास कार्यक्रम सञ्चालन गरेर संरक्षण गदै बसोबास गर्न पाउने तर उक्त आवास भवन बेचबिखन भने गर्न नपाइने गुप्ताले बताए ।

तराई–मधेश समृद्ध कार्यक्रम अन्तर्गत र रामग्राम नगरपालिकाको संयुक्त लगानीमा अति विपन्न र भूमिहीन परिवारका लागि एउटै आँगनमा आठ वटा सामूहिक आवास भवन निर्माण गरिएको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

२५ लाख तराई–मधेश समृद्ध कार्यक्रम बजेट रामग्राम नगरपालिकाको २२ लाख ५० हजार र स्थानीयको ११ लाख ३६ हजार श्रमदान गरी कुल ५८ लाख ८६ हजारको लगानी उक्त आवास भवन निर्माण गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख एव ईन्जिनियार सतिस कुमार गुप्ताले बताए । उनको अनुसार एक जना परिवारको लागि, भन्साकोठा, बाथरुम शौचालय दुईवटा बस्ने कोठा गरी ४ वटा कोठा निर्माण गरिएको जानकारी दिए ।
आठ परिवारका मध्येका झिनकराम थारुले आफ्नै लागि बनेको नयाँ भवन बस्न पाउँदा धेरै खुसी लागेको बताउँदै सरकारले गरिबको भावना बुझेर जुन काम गरियो प्रशंसनीय कार्य भएको बताए । उनले भने ऐलानी अस्थायी रूपमा सानो झुपडी पाँच जना परिवार बस्दै उक्त परिवारलाई दुःखले पालिँदै गरेको सम्झना समेत गरे ।
“पहिला झुपडीमा बस्दै आएकोले सरकारले सुविधा सम्पन्न पक्की भवनमा निर्माण गरिदियो अब छोराछोरी पढाई ध्यान लगानी गर्ने सोच र योजना बनाउछु” उनले भने ।
२०५३ सालदेखी ऐलानी जग्गामा बस्दै आएकी गौरी के.सीले फुसको झुपडीमा बस्दै आएकोले नगरपालिकाको पहलमा भवन बनाई दिएको खुसी व्यक्त गदै अब पानी पर्दा भिज्नु नपर्ने अवस्था आउने बताइन् । उनले फुसको घरमा बस्दा पानी पर्दा घर चुहिने र पाल उडेर बस्नुपर्ने वध्यता रहेको थियो तर भवन निर्माण भएपछि उक्त झन्झटबाट मुक्त भएको केसीले बताइन् ।
उद्घाटन कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे, पूर्वाधार विकास शाखा प्रमुख सति कुमार गुप्ता नगर उपप्रमुख रम्भा कुँवर, वडा नं. १८का वडाध्यक्ष गोपाल डिस्वा मगर, जनता मावि डैनहवाका पूर्व प्रधानाध्यापक विक्रम यादव, लगायतले आ–आफ्नो धारण राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

