Rashtriya Dainik

रामग्रामद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

ज्ञानेश्वर साहनी /नवलपरासी/ १६ चैत ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले रामग्राम नगरपालिकाको वडा नं. १८ रहेको अमरबन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बीच रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टरका लीला गौतमलाई साँचो दिएर हस्तान्तरण गर्नुभएको हो ।

नगर प्रमुख गुप्ताले यस अघि मानिस बिरामी हुँदा एम्बुलेन्स कुर्दा कुर्दै अकालमै ज्यान जाने र कुनै सेवा सुविधा नदिई चर्को भाडामा पुर्‍याउने गरेकोमा अब भने यो समस्या समाधान हुने बताए । उनले यो नितान्त गर्भवती महिलाहरूलाई बर्थिङ्ग सेन्टर जानलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तर अन्य बिरामीको हकमा सहुलियत दरमा शुल्क लाग्ने बताए ।

यस बर्थिङ्ग सेन्टरमा एम्बुलेन्स नहुँदा परासी,बुटवल र भैरहवाबाट एम्बुलेन्स बोलाउनुपर्ने बाध्यता हटेको तारा नेपालीले बताउनुभयो नगरपालिकाको प्रमुख प्रशासनिक अधिकृत राकेश पाण्डे,पूर्वाधार विकास शाखा प्रमुख सतिस कुमार गुप्ता नगर उपप्रमुख रम्भा कुँवर,वडा नं. १८ का वडाध्यक्ष गोपाल डिस्वा मगर, जनता मा.वि डैनहवाका पूर्व प्रधानाध्यापक विक्रम यादव, लगायतले धारण राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित