Rashtriya Dainik

बझाङमा म्यादी प्रहरी छनाेट प्रक्रिया जारी

उत्तमकुमार थापा बझाङ
स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा म्यादी प्रहरी भर्नाकाे प्रक्रिया सुरु भएको छ ।

देश भरि म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको समषमा बझाङ जिल्लामा पनि म्यादी प्रहरीकाे छनाेट प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते हुने भए पछि जिल्ला प्रहरी कार्यालय बझाङले छनाेट प्रक्रियामा अगाडि बढाएको हाे ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्ट प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सहायक प्रमुख जिल्ला अधिकारी रामराजा गाैतम ईन्सपेक्टर कमल प्रशाद चाैधरी लगाएत प्रहरीहरु छनाेट प्रक्रिया चुस्त दुरुस्त गर्नकाे लागि फिल्डमा खटिने गरेको डिएसपी बिष्टले बताए । वडा प्रहरी कार्यालय र जिल्लाका प्रहरीहरु खटिएका छन ।

स्थानीय तहकाे निर्वाचन लच्छित म्यादी भर्ना प्रक्रिया छनाेट सत्यवादी माध्यमिक विद्यालयकाे फिल्ड भाेपुरमा भईरहेकाे छ । म्यादी प्रहरीमा १६ सय ५६ जनाले जनाले आवेदन दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित