महेश सिंह सिरहा लहान १६ चैत -संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा नम्बर ११ पिडरबोनीको राम बस्तीमा १५० घर धुरीका बिपनहरुलाई लाम्खुट्टे झुल वितरण गरीएको छ।समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीले झुल वितरण कार्यमा निरन्तरता दिएका छन्। आउने चुनावमा लहानका मेयर महेश चौधरीलाई बनाउनु पर्ने व्यापक चर्चा चलेका छन्।
समग्र लहानमा चौधरीले मेयर बन्यो भने मात्र लहान समृद्ध हुने उनीहरुले भनाई छ।समाजसेवा लिप्त रहेका चौधरी अहोरात्र समाजसेवामा लागि पर्नु भएको छ।आफुलाई कुनै पनि आर्थिक स्वार्थ नरहेको मैले जनताको सेवा गर्न लहानको मेयर बन्ने इच्छा जाहेर गरेका छन्।

लहानमा रहेको बिकास बेतिथीलाई हटाएर समृद्ध उनमुख बनाउन आफुले लहान मेयरका लागी उमेदवारी दिने इच्छा जाहेर गरेका हुन।महेश चौधरी जस्तो सहयोगरी र गरिब दलित लगायत हरेक बर्ग समुदायको दु:ख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

