महेश सिंह सिरहा लहान १६चैत – बाल्यकाल देखी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट सकृय राजनीति यात्रा सुरु गरेका नेता राज कुमार यादवले आउने स्थानीय निर्वाचनमा परियारपटी गाउँपालिकाको लागी नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षको लागी आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका छन्।
सिरहाको बरियारपटी गाउँपालिका ५ हरिपुरमा जन्मिनु भएका नेता यादव २०६० साल देखि सिरहा क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट उनी राजनीति यात्रा सुरु गरेका थिए।
२०६२/२०६३ सालको १९ दिने जनआन्दोलनमा काठमाडौंबाट पक्राउ परी थुनामा समेत परेका उनी नेपाली काङ्ग्रेसको मुल पार्टीको बिगतको बर्षमा क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यको जिम्मेवारी समेत समहाल्दै छन्।
पालिकामा भएको बिकृती बिसंगती लाई प्रास्त गर्न र निमुखा जनताको भावना अनुरुप काम गर्न आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका हुन्। आफुले बैधिक राजनीतिको सार्थि रहेको उनले पत्रकार संग इच्छा प्रकट गरेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

