उत्तमकुमार थापा बझाङ
जिल्ला बालश्रम बझाङकाे आज सार्वजनिक सुनुवाइ गरिएको छ ।
नेपाल सरकार राज्यकाे स्राेत साधनहरु बाट निर्माण भएको जिल्ला बालश्रम भवनकाे काम सम्पन्न भए सँगै देवल वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हाे ।
जिल्लामा रहेका सबै अनाथ,दिनदुखी अपांग लगाएतका बालबालिका लाई राख्ने र सँग्रक्षण गर्ने हेतुले नेपाली मन पराेपकारी सँस्था बाट अभियान सञ्चालन गरेकाे र माननीय आशा कुमारी विक लगाएत अग्रज व्यातिकाे पहलमा भवन निर्माण भएको स्राेतकाे भनाइ छ ।
जयपृथ्वी नगरपालिकाका स्थानीय ईश्वर खड्काले जग्गा उपलब्ध गरेका हुन । उहाँले जग्गा सहुलियतमा दिएपछि भवन निर्माण भएको स्राेतले बतायो । ५० लाख रुपैयाँमा निर्माण भएको हाे । सार्वजनिक सुनुवाइ कार्यक्रममा निर्माण कार्यक्रम प्रमुख प्रविन धामीले भवन बारे प्रतिवेदन प्रस्तुत सहित चर्चा गरेका हुन । भवन निर्माण भए पछि सराेकारवाला सँग पहिलाे पटक सार्वजनिक सुनुवाइ गरिएको हाे । अहिले सम्म धेरै सरकारी भवन वनेकाे भएता पनि अहिलेसम्म सार्वजनिक सुनुवाइ हुन सकेका छैनन । आज भएको सुनुवाइ कार्यक्रम अध्यक्ष प्रविन धामीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बजिर खड्का अतिथि सुरत सिह लगाएत सबै सराेकारवालाकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सहजिकरण पत्रकार जगदीश राेकायाले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

