उमेश बि.क / नवलपरासी , १५ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलकाे खेल मैदानमा सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ।
सरावल गाउँपालिकाकाे अायाेजना र महेन्द्र माध्यमिक बिद्यालय सरावलकाे सहअायाेजनामा प्रतियोगिता हुने सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ।
सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता चैत १६ गते बुधबारदेखि १८ गतेसम्म हुने महेन्द्र माध्यमिक बिद्यालय सरावलकाे प्रधानाध्यापक धनिराम बि.क ले जानकारी दिनुभएको छ।
प्रतियोगिता पुर्वगृहराज्य मन्त्री , नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा उदघाटन गरिने प्रधानाध्यापक बि.क ले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

