Rashtriya Dainik

परिचय_पत्र वितरण शिविर सम्पन्न

प्रतापपुर गा.पा.स्तरीय अपांग हकहित समन्वय समितिकाे आयाेजना तथा प्रतापपुर गा.पा.काे सहयाेगमा अपांगता भएका व्यक्तिहरुका लागि परिचय-पत्र वितरण शिविर सम्पन्न भयाे ।

कार्तिक २३,२४ र २५ गते प्रतापपुर स्वास्थ्य चाैकि, बेलाटारिकाे प्रागंणमा भएको शिविरकाे एक कार्यक्रमबिच समन्वय समितिका संयाेजक गा.पा.का कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चाैधरिले उद्घाटन गर्नुभयाे । साे अवसरमा बाेल्दै उहाँले अपांगता भएका व्यक्तिहरुकाे पहिचान गरि राज्यद्वारा प्रदान हुने सेवा सुविधा उपलब्ध गराउन शिविर आयाेजना गरिएको बताउनुभयाे ।
डा.सुमित शर्मा र डा. विमल घिमिरेले ७६ जना अपांगता भएका व्यक्तिहरुकाे मेडिकल परिक्षण गर्नु भएको शिविरमा १५ जनालाई पुर्ण अशक्त अपांगता राताे, २७ जनालाई अति अशक्त अपांगता निलाे, २२ जनालाई मध्यम अपांगता पहेलाे र १२ जनालाई सामान्य अपांगता सेताे परिचय-पत्र वितरण गरिएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित