काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ । सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन् ।

विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए । उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताए । सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ । २७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरु रहेको पनि सांसद कँडेलले बताए ।

सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटलमा आर्थिक रुपमा विपन्नहरुलाई उनीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य रहेको पनि बताए । 


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

