Rashtriya Dainik

नगर प्रमुख खड्काद्वारा जयपृथ्वी नगरपालिका वडा नं.११ को वडा कार्यालय भवन उद्घाटन

दोरेन्द्र खड्का बझाङ
जयपृथ्वी नगरपालिका वडा नं. ११ को वडा कार्यालय उद्घाटन गरिएको छ । निर्माणकार्य पुर्ण रुपमा सम्पन्न भइसकेपछि आज जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले उद्घाटन गर्नु भएको हो । वडा नं. ११ का वडा अध्यक्ष केशब राेकायाकाे अध्यक्षतमा संञ्चालन भएको उद्घाटन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । त्यसैगरी जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्री विशिष्ट अतिथी रहनु भएको थियो । भवनमा हलसहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष, दर्ता,चलानी, महिला, पुरुष शौचालयसहित आधुनिक भवन निर्माण गरिएको वडानम्बर ११ का वडाध्यक्ष केशब राेकायाले बताए ।
अध्यक्ष राेकाया ले आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालनमा सहज हुनुका साथै वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरे ।
राेकाया ले विकासका पूर्वाधार निर्माण कार्यलाई तीव्रताकासाथ अगाडी बढाएको र वडाको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको भौतिक पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको बताए ।
कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले लामो समयको प्रखाइपछि नगरपालिका चार वटा वडाको भवनहरु वनेपछी जनताहरुलाई सेवा प्रवाहमा सहज हुने विश्वास लिएको बताउनु भयो । वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गदैँ नगरपालिकालाई समृद्ध बनाउन आफू र आफ्नो टिम लागि परेको बताए । भवन निर्माण गर्नु मात्र ठुलो काम नभएर बनेका संरचनाहरुलाई जोगाउनु ठुलो कुरा भएको भन्दै नगरप्रमुख खड्काले स्थानियहरुले अव वडाको संरचनालाई जोगाएर राख्नु पर्ने बताउनु भयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित