उमेश बि.क /नवलपरासी ,१४ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवाकाे खेल मैदानमा सन्चालित प्रथम उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे उपाधि पाल्पालि मेडिकल हल गाेपिगन्जले कब्जा गरेको छ ।
अाइतबारको फाइनल खेलमा सरावल खेलकुद संस्थालाई पराजित गर्दै प्रथम सरावल उपाध्यक्ष कप खुल्ला भलिबलकाे उपाधि पाल्पालि मेडिकल हल गाेपिगन्जले हात पारेको हो।

“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ सरावल गाउँपालिकाकाे आयोजना एवम् सरावल खेलकुद संस्थाको सहजिकरणमा उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता अाइतबार सम्पन्न गरिएको हाे।
सरावल खेलकुद संस्थाको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालकाे प्रमुख अातिथ्यता एवम् सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे बिशेष अातिथ्यतामा खेलकुद समापन भएको हाे ।

उपाध्यक्ष कप खुल्ला भलिबल खेललाई सम्बाेधन गर्दै महामन्त्री खनालले सरावल गाउँपालिकाले खेल क्षेत्रकाे विकासमा निकै राम्रा काम गरिरहेकाेले खेलाडीहरु स्थानीय देखि राष्ट्रिय स्तरसम्म पुग्ने याे सुनाैले अवसर रहेको बताउनु भएको हाे ।बिगतकाे दिनमा नवलपरासी जिल्ला भलिबल खेलाडीहरु उत्पादन गर्ने जिल्ला भएको भताउदै खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक रहेको बताउनुभयो । नवलपरासीकाे बिभन्न स्थानमा बिगत लामाे समयदेखि बाढी र डुबानका समस्या अाफु चुनाव जिते लगत्तै २ बर्षभित्र समाधान गर्ने बताउनु भएको छ । प्रत्येक वर्ष नै डुबानको समस्या रहेकोले दिगो समाधानका लागि पहल गर्न आवश्यक रहेको महामन्त्री खनालले जोड दिनुभएको थियाे । बर्सेनि हुने डुबानलाई नियन्त्रण गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले यसको दिगो समाधान हुने गरी अाफु निर्वाचनमा जितेकाे २ वर्ष भित्र बाढी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो । भरही खोला र धनेवा खोला पानीको बहावलाई अवरोध नहुने गरी चौडा गर्ने, सफाइ गर्ने तथा तटबन्ध निर्माण गर्ने गरी डुबानको समस्यालाई नियन्त्रण गर्ने कार्यमा पहल गर्ने बताउनुभयो । बाढी समस्या समाधानका लागि धनेवा खाेला नक्सा अनुसार चाक्लाे र सरसफाइ ,ड्रेन साइफन खाेल्ने ,नेपाली नहरकाे साना कुला सरसफाइ , भिजन सहित डिपिरामा बिशेष जाेड दिनुपर्ने कुरामा जाेड दिदै अरुले ३० बर्ष गरेको काम अाफु २ बर्षमा गरेको बताउदै अबकाे संसदीय चुनावमा अाफु जितेको खण्डमा २ बर्षभित्र बाढीकाे समस्या समाधान गर्ने र बाटो घाटाे , शिक्षा स्वास्थ , कृषि , खानेपानी लगाएतकाे चाैतर्फिक बिकासकाे कामलाई निरन्तर्ता दिने बताउदै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै जनसमुदायको दुख सुखमा हातेमालो गरि यश क्षेत्रकाे बिकासमा अाफु लागि परेकाे र हमेशा लागिरहने प्रतिब्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सरावल गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएकाे थियाे ।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।
भलिबल समापन समारोहमा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति अनिल कुमार गाैड लगाएत वडा नम्बर १ देखि ३ सम्मका वडा अध्यक्ष लगाएतले खेल स्वास्थ्यकाे लागि लाभदायक हुनुकाे साथै यसले संगठित गर्न र युवाहरूलाई विभिन्न राेग तथा लागुपदार्थबाट बचाउन ठुलाे मद्दत गरेको कुरामा जाेड दिइएका थिए।

प्रतियोगितामा प्रथम हुने टिम पाल्पालि मेडिकल हल गाेपिगन्जलाई नगद रु १ लाख साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरेको हाे भने दोश्रो हुने टिम सरावल खेलकुद संस्थालाई नगद रु ५० हजार साथै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरिएको हाे ।
त्यस्तै तृतिय हुने नवदुर्गा युवा क्लब भुजहवालाई नगद रु १५ हजार ट्रफी मेडल ,प्रमाणपत्र प्रदान गरिएको सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

