Rashtriya Dainik

अाफु चुनाव जिते लगत्तै २ बर्षभित्र बाढीकाे समस्या समाधान गर्ने:बिक्रम खनाल-महामन्त्री नेपाली काङ्ग्रेस

उमेश बि.क / नवलपरासी , १४ चैत

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले नवलपरासीकाे बिभन्न स्थानमा बिगत सत्तरी वर्षदेखि बाढी र डुबानका समस्या अाफु चुनाव जिते लगत्तै २ बर्षभित्र समाधान गर्ने बताउनु भएको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवामा प्रथम सरावल उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै नवलपरासी प्रत्येक वर्ष नै डुबानको समस्या रहेकोले दिगो समाधानका लागि पहल गर्न आवश्यक रहेको महामन्त्री खनालले जोड दिनुभएको थियाे ।

“बर्सेनि हुने डुबानका कारण यस क्षेत्रमा कृषकले लगाएको धान, केरा, उखुलगायतमा ठूलो क्षति पुगेको छ, कृषकको श्रम र लगानी खेर गएको छ, कृषि बालीमा पुगेको क्षतिको राहत र उनीहरुलाई बाँच्ने आधार बनाउन आवश्यक देखिएको छ”, उहाँले भन्नुभयो । बर्सेनि हुने डुबानलाई नियन्त्रण गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले यसको दिगो समाधान हुने गरी अाफु निर्वाचनमा जितेकाे २ वर्ष भित्र बाढी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो । भरही खोला र धनेवा खोला पानीको बहावलाई अवरोध नहुने गरी चौडा गर्ने, सफाइ गर्ने तथा तटबन्ध निर्माण गर्ने गरी डुबानको समस्यालाई नियन्त्रण गर्ने कार्यमा पहल गर्ने बताउनुभयो । कृषकलाई बाढी र डुबानले सधैँ सताउने परिपाटी अन्त्य गर्न उचित उपाय अवलम्बन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढी समस्या समाधानका लागि धनेवा खाेला नक्सा अनुसार चाक्लाे र सरसफाइ ,ड्रेन साइफन खाेल्ने ,नेपाली नहरकाे साना कुला सरसफाइ , भिजन सहित डिपिरामा बिशेष जाेड दिनुपर्ने कुरामा जाेड दिदै अरुले ३० बर्ष गरेको काम अाफु २ बर्षमा गरेको बताउदै अबकाे संसदीय चुनावमा अाफु जितेको खण्डमा २ बर्षभित्र बाढीकाे समस्या समाधान गर्ने र बाटो घाटाे , शिक्षा स्वास्थ , कृषि , खानेपानी लगाएतकाे चाैतर्फिक बिकासकाे कामलाई निरन्तर्ता दिने बताउनुभयो ।

रक्तदानले १ मान्छे बचाउछ तर मतदानले राष्ट्रलाई बचाउछ भन्दै यहाँ नागरिकता समस्या समाधान नेपाली काङ्ग्रेसले गर्ने बताउदै जनताकाे हरेक दुखसुखमा अाफु साथ र सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित