Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समान

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक कार्यक्रम गरि सम्मान गरेको छ ।

जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रतापपुर २ सेमरीका डाक्टर चम्पा चौधरीको अध्यक्षयता र प्रतापपुर गाउँपालिका कार्यालयका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अतिथ्यतामा भएको सम्मान कार्यक्रममा पालिका भित्र रहेको ६१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको हो ।


स्वास्थ्यको निशुल्क खम्बाको रूपमा मानिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले समुदायको स्वास्थ्यलाई मध्यनजर गरि दिनरात अवहोरात्र खटी प्रतापपुरलाई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै पालिकाले ६१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचयपत्र,सम्मान पत्र र एक एक थान स्टिल दराज सहित सम्मान गरेको हो ।

सो अवसरमा प्रतापपुर गाउँपालिका कार्यालयका कार्यबाहक अध्यक्ष चौधरीले आफ्नो ब्यक्तिगत लगानीमा ६१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मायाको चिनो स्वरुप झोला दिएकी छिन् ।

सम्मान कार्यक्रमको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पालिकाका कार्यबाहक अध्यक्ष चौधरीले महिला स्वास्थ्य स्वयंम सेविकाहरु नभएको भए कतिपय ब्यक्तिहरु स्वास्थ्य सेवाहरु लिनबाट बन्चित हुन्थ्यो र कतिपय ब्यक्तिहरु स्वास्थ्य सेवा बिना छटपट्टाई रहन्थ्ये होला तर यस्ता समस्याको समाधानका एक विकल्पको रूपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफ्नो कार्यकालमा सम्मान गर्न पाउदा खुशी प्रकट गरिन ।

पालिकाले आफुहरुको कामलाई कदर तथा मुल्यांकन गरि सम्मान गरेकोमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पालिकालाई धन्यवाद तथा खुशी व्यक्त गरेका थिए ।

सो सम्मान कार्यक्रमको अवसरमा प्रतापपुर गाउँपालिकामा कार्य क्षेत्र बनाई स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेको ४ वटा एनजीओ र आइएनजियोलाई प्रसंशा पत्र र मायाको चिनो प्रदान गरि पालिका का कार्यबाहक अध्यक्ष चौधरीले सम्मान गरेकी छिन् ।

सम्मान पाउने संस्थाहरुमा इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट ९ भुताहा नवलपरासी,नमुना सामुदायिक बिकास केन्द्र भैरहवा,फेयर मेड फाउन्डेसन नेपाल र युनाइटेड मिसन टु नेपाल रहेका छन् ।

त्यस्तै कार्यक्रममा पालिका का कार्यबाहक अध्यक्षले पालिकाको हकहित र पालिकाको कामलाई कहिले खबरदारी भने कहिले प्रसंशा गरि कलम चलाउने २ जना पत्रकारलाई झोला,डायरी र कलम दिएर सम्मान गरेकी छिन् ।

सो अवसरमा शुभकामना मन्तव्य दिदै महिला स्वास्थ्य स्वयंसेविका तिलोत्तमा चौधरीले पालिकाले आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद दिनुको साथ साथै महिला स्वास्थ्य स्वयंसेविकाको लागि हित कोषको स्थापन गर्नुपर्ने,महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बिमा गरिदिनुपर्ने जस्ता सुझाव पनि दिएकी थिइन् । भने कार्यक्रममा प्रतापपुर वाड न ६ का वडाध्यक्ष रामहरि उपाध्याय,इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदी,महिला तथा बालबालिका शाखा प्रतापपुरका प्रमुख सिमा यादव,स्वास्थ्य शाखा प्रतापपुरका प्रमुख कुन्दन कुमार सिंह र प्रतापपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन उपेन्द्र कोईरीले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित