महेश सिंह सिरहा लहान १३ चैत – सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर १ तामासुईयामा एमाले काङ्ग्रेस प्रत्यागरी हजारौं संख्यामा नेकपा एमाले र नेपाली काङ्ग्रेस प्रतयाग गरी जनता समाजवादीमा प्रवेश गरेका छन्।
नवराजपुर १ तामासुईयालाई एमाले र काङ्ग्रेसको गढ भनेर चिनीने गरेका थिए।एमालेको वाडा संयोजक नवीन कुमार यादव समेत एमाले प्रत्याग गरी ओपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पार्टी प्रवेश गरीएका छन्।
उक्त गाउँपालिकामा दिन प्रतिदिन एमाले काङ्ग्रेस पार्टीको संगठन कम्जोर हुँदै गरेको अवस्था रहेको छ।संघीयताको बिकास संगै जनताले स्वतन्त्रताको सिद्धान्तको प्रत्याभूति गर्दै आफनो हक अधिकारको लागी अवाज उठाउदै आएका हुन्।
समाजमा रहेको शासन प्रथालाई प्रास्त गर्दै लोकतान्त्रिक प्रत्याभूतिको पाटाेमा समाज अगाडि बढी रहेको छ।विभिन्न राजनीति मध्ये नेपाली काङ्ग्रेसको संगठन पछिल्लो समय निकै बलियो देखिएको थियो।
जसपा पार्टीले चुनावी सभाको बृहत कार्यक्रमको आयोजना गरी सोही कार्यक्रममा हजारौं ब्यक्तीले एमाले काङ्ग्रेस प्रत्याग गरी जसपामा प्रवेश गरेका हुन। भुमि ब्यवस्था तथा कृषि मन्त्री बिजय यादवको प्रमुख आतिथ्यमा हजारौं जनाले पार्टी प्रवेश गरेका थिए।

जसपाका वरिष्ठ नेता मोहम्मद खालिद सिद्धीकी,पुर्व मन्त्री राज लाल यादव निर्माला यादव,ललिता दास,परियाग लाल यादव,दिपेश यादव,सिबजी यादव,लगायत नेताहरुको सहभागिता रहेको राम उदगार यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

