Rashtriya Dainik

प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अनुपस्थित

प्रेस सेन्टर पश्चिम् नवलपरासीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसि उपस्थित नभएका हुन ।

रामग्राम नगरपालिकाले बालमैत्री नगर घोषणाका निम्ति मुख्य मन्त्री केसिलाई नगरपालिकाले १ बजे निमन्त्रणा गरेको थियो।प्रेस सेन्टरले सो कार्यक्रम अगावै १२ बजे पत्रकार महासंघ को सभाहलमा पत्रकार सम्मेलन गर्ने भनी जिल्लाका सबै पत्रकारलाई खबर गरेको थियो। ।समय अगावै मुख्य मन्त्रीलाई प्रश्न राख्न पत्रकार महासंघका अध्यक्ष सहित कुरेका पत्रकारहरु मुख्य मन्त्री उपस्थित नभएपछि करिब डेड घण्टा कुरेर फर्किएका थिए। मुख्य मन्त्री सिधै रामग्राम नगरपालिकाको कार्यक्रममा सहभागी भएको जानकारी पाएपछि पत्रकारहरु प्रेस सेन्टर लगायतका अन्य पत्रकारहरु खिन्न भएर रामग्रामले आयोजना गरेको बालमैत्रि नगर घोषणा कार्यक्रममा सहभागी भए।

मुख्यमन्त्री प्रमुख अतिथी रहेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पत्रकार महासंघका अध्यक्ष हरि शर्माले कार्यक्रममा पत्रकारलाई कुराईएको बिषय उठान गरेका थिए।

प्रेस सेन्टर पश्चिम् नवलपरासीका अध्यक्ष घनश्याम पोख्रेलले भने पत्रकार सम्मेलनका लागि नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य घनश्याम यादवलाई समन्वयको जिम्मा लगाएको तर उनले गम्भीरताका साथ नलिएको हुन सक्ने बताउदै पत्रकारले कुरेको बिषय प्रती दुख ब्यक्त गरेका छन । नेतृत्वले निर्वाचनकै मुखमा यो व्यवहार देखाईरहदा यो बिषयलाई गम्भीर रुपमा लिएको अध्यक्ष पोखरेलले बताए।उनले भने समन्वय गर्ने ब्यक्तिको कमजोरीले सबैले दुख पायौ यो बिषयमा छलफल हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित