Rashtriya Dainik

भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हातीसहित तीन जनालाई पक्राउ

पर्सा १२ चैत
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हातीसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले हात्तीसहित माउते भरतपुर महानगरपालिकाको वडा १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का माउते सोही ठाऊ बस्ने ४० बर्षिय राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका वडा न ५ सबैठवा बस्ने सफरोज आलमलाई पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लगिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाको कमांडमा खटेको टोलीले तीनै जनालाई पकहा मैनपुर गाउँपालिकाको वडा न ५ पोखरिया टोलबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेका हात्ती र मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने खनालले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित