Rashtriya Dainik

माओवादी केन्द्रले लगायो वडाध्यक्षको टुङ्गो, घोडाघोडी १ मा लक्ष्मण न्युरे

नेकपा माओवादी केन्द्रले घोडाघोडी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षको उम्मेदवारीको टुङ्गो लगाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको लागी वडा अध्यक्षमा लक्ष्मण न्युरेलाई अगाडि सारेको छ ।

शनिवार बसेको जिल्ला समन्वय समिति र नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई अगाडि सारेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी लक्ष्मण न्युरेलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र वडा नम्बर १ का सचिव गोपाल रेग्मीले जानकारी दिए । अन्य चार जना सदस्यको टुङ्गो गठबन्धन हुने नहुने कुरामा भर पर्ने उनले जानकारी दिए ।

सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई वडाध्यक्षको लागी अगाडि सारेको रेग्मीले जानकारी दिए । लक्ष्मण न्युरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पनि हुन् ।

उम्मेदवार टुङ्गो लागेसँगै प्रचारप्रसारमा तीव्रता दिने पाटीले जानकारी दिएको छ । अन्य वडाहरूको केही दिनमा टुङ्गो लाग्ने बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित