Rashtriya Dainik

अाेमसतिया महाेत्सव : दुई वर्ष बितिसक्दा पनि मिलेन कलाकारकाे पैसा

राष्ट्रिय दैनिक / रुपन्देही ,१२ चैत
रुपन्देहीको अाेमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा लागेकाे अाेमसतिया महाेत्सव दुई वर्ष बितिसक्दा पनि अायाेजकले कलाकारहरुकाे पैसा दिन सकेको छैन ।

दाेस्राे अाेमसतिया कलासंस्कृति ,खेलकुद ,उद्योग ब्यापार तथा कृषि प्रबर्द्धन महाेत्सव २०७६ माघ २४ गतेदेखि फाल्गुन ४ गतेसम्म लागेको मेलामा कलाकारहरु मेलामा अाफ्नाे प्रस्तुति दिएको दुई वर्ष बितिसक्दा पनि अायाेजकले पैसा नदिइएको गुनासो ब्यक्त गरेका छन ।

अाेमसतिया गाउँपालिकाकाे अायाेजनामा लागेको उक्त मेला वडा नम्बर ६ वडा अध्यक्ष एव मेला संयाेजक शिव कुमार धवलकाे सबै जिम्मेवारी रहेको र कलाकारहरुलाई कार्यक्रममा बाेलाई पछि दिन्छु भनेका मेला संयाेजक धवलले अझैसम्म पैसा नदिइएको राष्ट्रिय गायक श्रीनिवास चाैधरीले पत्रकारसंग कुराकानी गर्दै जानकारी गराए ।

साे सन्दर्भमा अाेमसतिया गाउँपालिका अध्यक्ष हिरालाल केवट र मेला संयाेजक शिव कुमार धवलसंग कुराकानी गर्दा फाेन नउठाउने र उठ्दा अानाकानी गरेको कलाकारहरु बताएका छन ।

कलाकारहरुकाे “आम्दानीको श्रोत यस्ता कार्यक्रम नै हुने भएकोले यस्ता गतिविधिले गर्दा कलाकारको मनोबल घट्ने तथा दैनिक जीवनयापनमा समेत कठिनाई हुने” कलाकारहरु बताउँछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित