बिरगंज १२ चैत
तराई मधेसको लाईफ लाईन मान्ने हुलाकी सडक खण्डको सप्तरी सिरहा जोडने बलान नदी पुल एक समारोह बिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले भने राज्यको विभेदकारी निति कारण हुलाकी सडक वर्षो पहिलो बनि सक्नु पर्ने अहिले सम्म नबनेको जिकिर गर्दै साशनसतामा रहेका वर्गको यो हुलाकी रोड बन्नु पर्छमा कहिले ध्यान नदिएको आरोप लगाउनु भयो ।
४६९.२ मीटर लम्बाई १२ स्पान रहेको बलान पुल २४ करोड ६२ लाख ८३ हजार ४ सय नौं रुपैयाँ भ्याट सहित रकमा निर्माण गर्ने भनी २०६८ सालमा सम्झोता भई २०७२ साल सम्मा बनाई सक्नु पर्ने पुल २०७८ सालमा निर्माण कम्पनी शर्मा पप्पु जेभीले निर्माण गरेका छन् । यो पुल बनै सँगै बलान नदिका छेउछाउमा बसोबास रहेका स्थानीयको मुहारमा खुसियाली छाएका थियो । आजै सप्तरीको बोदे बर्साईन नगरपालिकामा पर्ने थप दुई पुल खडक नदी पुल र बेतहा पुल पनि उद्घाटन भएका छन् ।
कार्यक्रममा अतिथिहरुमा संघिय सांसद तैजु लाल चौधरी , प्रदेश सभा सदस्य अभिषेक यादव रहेको कार्यक्रममा स्वागत मन्तब्य बलान बिहुलमा गाउँपालिका अध्यक्ष दयानन्द गोईतले र बोदे बर्साईनमा मेयर आतेश कुमार सिंहले राखेको थियो । अध्यक्षता मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठले गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

