दोरेन्द्र खड्का
आज जयपृथ्वी नगरपालिका वडा नं. १ र २ को वडा कार्यालय हस्तान्तरण तथा उद्घाटन गरिएको छ । निर्माणकार्य पुर्ण रुप मा सम्पन्न भइसकेपछि आज जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले उद्घाटन गर्नु भएको हो । वडा नं. १ का वडा अध्यक्ष गगन बहादुर सिंह र वडा नं. २ का वडा अध्यक्ष शुक्रराज जोशीको अध्यक्षतमा संञ्चालन भएको उद्घाटन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो ।
त्यसैगरी जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्री विशिष्ट अतिथी रहनु भएको थियो । भने पूर्व कैलास गाविस अधयक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सहसचिव सुरत बहादुर सिंह अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले लामो समयको प्रखाइपछि दुइवटा वडाको भवनहरु वनेपछी जनताहरुलाई सेवा प्रवाहमा सहज हुने विश्वास लिएको बताउनु भयो । भवन निर्माण गर्नु मात्र ठुलो काम नभएर बनेका संरचनाहरुलाई जोगाउनु ठुलो कुरा भएको भन्दै नगरप्रमुख खड्काले स्थानियहरुले अव वडाको संरचनालाई जोगाएर राख्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

