Rashtriya Dainik

जनता प्रगतिशील पार्टी नेपालको कृष्णनगरमा वडा कमिटी गठन

कृष्णनगर, चैत्र ११

कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा अध्यक्षमा जयकरन प्रसाद मौर्या , उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको छ l

जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) को प्रमुख आतिथ्य तथा जप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयको विशिष्ट अतिथ्यमा वडा कमिटी गठन गरिएको छ l

साथै केहि दिन अघि विजयनगर गाउँपालिका वडा नं ३ मा रहेको भुनेश्वरी मा.वि.जगदीशपुरका व्यवस्थापन समिति अध्यक्ष विजयनगर वडा नं ४ बस्ने दयाशंकर यादव नेपाली कांग्रेस परित्याग गरि जनता प्रगतिशील पार्टी नेपालमा पार्टीको महासचिव ईश्वर दयाल मिश्रले प्रवेश गराएका थिए l

कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो l
साथै भोली कृष्णनगर नगरपालिका वडा नं ५ गुलरीको बगैचामा वडा कमिटी गठन हुने जनता प्रगतिशील पार्टी कृष्णनगर अध्यक्ष राकेश यादवले जानकारी दिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित