Rashtriya Dainik

प्रहरीकै संरक्षणमा नियम विपरीत ढाट संचालन

पर्सा, ११ चैत्र / पर्सा जिल्लामा नियम विपरीत प्रहरीकै संरक्षणमा ढाट संचालन हुदा भारतीय सवारी साधनहरु मर्कामा पर्न थालेका छन । वीरगंज महानगरपालिकाबाट टेण्डर प्रकृया पुरा गरी ढाट संचालन भएपनि बिभिन्न ठाउहरुमा नियम विपरीत प्रहरीकै संरक्षणमा ढाट संचालन भएको हो ।
वीरगंज महानगरपालिका भित्र पर्ने आईसीपि, जगरनाथपुर, रजतजन्ती चौक लगायतको ठाउहरुमा नियम विपरीत ढाट संचालन गरी भारतीय सवारी साधन संग रकम असुल गर्ने गरेको गुनासो भारतीय सवारी चालकहरुको रहेको छ । आईसीपि हुदै नेपाल प्रवेश गर्नसाथ मनोमानी ढंगले भारतीय नम्बर सवारी साधनहरुबाट ठेक्काको नाममा दिनहु लाखौ रकम असुल गर्ने गरेको गुनासो भारतीय चालकले पोखेका छन ।
एउटै भारतीय नम्बर गाडीबाट तिन तिन ठाउहरुमा ठेक्काको नाममा रकम उठाइएको भारतीय चालकले आरोप लगाएका छन । वीरगंजको आईसीपि, बहुअरी चौक, जगरनाथपुर र परवानिपुर लगायतको ठाउहरुमा जबरजस्ती भारतीय नम्बर सवारी साधनबाट रकम उठाउने गरेको दुखेसो चालकले पोखेका छन । उनका अनुसार आफुहरु यस बिषयमा स्थानीय प्रहरीमा समेत खबर गर्दा उल्टै प्रहरीबाटै धाकधम्की पाउने गरेको समेत उनले दुखेसो पोखे ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीले कमिसन बेसमा काम गर्न थालेपछि भारतीय सवारी चालकहरु दिनहु ठगिदै आएको बारे यस कार्यले प्रष्ट समेत पारेको छ । भारतीय चालकहरुका अनुसार आफु पढ्न लेख्न नजानेपनि मनोमानी ढंगले रकमको मांग हुने जति आफुहरु दिन बाध्य भएको बताए । स्थानीय प्रहरी प्रशासन उल्टै ठेकेदारहरुको इशारामा हिड्न थालेपछि बाध्यतावश तिन तिन वटा ठाउहरुमा रकम दिने गरेको भारतीय चालकले स्विकारे ।
नेपाल प्रहरी र ठेकेदारको मिलोमतोमा भइरहेको यस्तो लापरवाहीको बिषयमा हालसम्म कुनैपनि माथिल्लो निकायले ध्यान नपुरयाउदा मुलुको शान्ति सुरक्षा माथि नै प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ: मुलुकको बदनामी हुन नदिन सबै नेपाली नागरिकको कर्तव्य रहेको कारण यसमा माथिल्लो निकाय गम्भीर हुन जरुरी देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित